
बागलुङ । भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरुको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न ५१ जनाले प्रदान गरेको एक करोड रकमबाट २६ जनासम्म बस्न मिल्ने अतिथि आवासगृह निर्माण गरिएको बिहुँकोट समाज जापान तथा अतिथि आवासगृह निर्माणका संयोजक दीपक कँडेलले जानकारी दिए ।
तल्लो र उपल्लो दुई कोतघरमै दुई पक्की अतिथि अवासगृह निर्माण गरेर फूलपातीको दिन हस्तान्तरण गरिएको कँडेलले बताए । उनले हालसम्म एक करोड १० लाख रकम सङ्कलन भइसकेको र कोतघरमा अन्य पूर्वाधारको काम समेत हुने बताए । दुई अतिथि आवास निर्माणमा भने रु एक करोड खर्च भइसकेको बताए । रोजगारीको सिलसिलामा जापानमा रहनुभएका बिहुँकोट निवासीबाट सङ्कलन भएको रकमबाट बिहुँकोत मन्दिरमा विभिन्न पूर्वाधार निर्माणसँगै फुलपाती मेलाको आयोजना गरिन थालेको जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कँडेलले बताए ।
उनले बिहुँकोटमा आउने भक्तजनलाई खाना र बस्नको व्यवस्थापनका लागि आवासगृह निर्माण गरिएको बताए। उनले प्रचारप्रसारको अभावमा ओझेलमा परेको बिहुँकोत मन्दिरलाई उजागर गर्ने पूर्वाधार निर्माण गर्ने लगायतका काम जापानमा बस्ने बिहुँकोट निवासीबाट भइरहेको बताए।
तीन वर्षयता शौचालय, तारबार, सडक ढलान, खानेपानी, पदमार्ग र प्रवेशद्वार जस्ता पूर्वाधार निर्माणको काममा बिहुँकोट समाज जापान सक्रिय रहेको छ । फुलफातीका दिन रु एक करोड लागतमा निर्माण भएको अतिथि आवासगृहको उद्घाटन बिहुँकोट समाज जापानका संरक्षक तथा समाजसेवी दीपक सुवेदीले गरेका थिए ।
सुवेदीले भक्तजनको सुविधाका लागि एकसाथ दुई आवासगृह निर्माण गरिएको जनाउँदै बिहुँकोत मन्दिरको प्रचारप्रसार प्रचारको कमी भएको बताए। उनले कोतघरले धार्मिक पर्यटक भित्र्याउने सम्भावना देखेर लगानी गरेको बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना