
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको हो ।
बाँकी दाबीको भुक्तानी प्रक्रिया पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ । कम्पनीले भुक्तानी कार्य असोज २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सुरु हुने जनाएको छ । विषम परिस्थितिमा बीमित ग्राहकको सुविधा र राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ ।
यस्तै, बाँकी बीमितले क्षतिपूर्तिको दावी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरी नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै