
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई निषेध गरेर जान नसकिने प्रष्ट पारेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा प्रधानमन्त्री कार्कीले दलहरुले पनि परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने बताइन् ।
कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी थिइन् । प्रधानमन्त्रीले जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् ।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरुले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदी बन्दीहरु बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न