जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाउल नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन उपाधि जिताएका प्रशिक्षक पुबुदु दासानायक अमेरिकाको प्रशिक्षक बने पछि जनकपुरले नयाँ प्रशिक्षकमा वेस्ट इन्डिजका लिजेन्ड शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जनाएका छन् । खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन् । एनपिएलको पहिलो संस्करणमा टोलीको मुख्य प्रशिक्षक रहेका दासानायकेलाई क्लबले उनको योगदानको लागि धन्यवाद दिएको छ ।

चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार