
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आङ जाङबु शेर्पालाई सल्लाकारमा मनोनित गरेको छ । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिका–१ निवासी शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार पदमा मनोनीत गरेको हो ।
उनले लामो समयदेखि अमेरिकामा बसेर नेपाली समुदाय, विशेषगरी शेर्पा समुदायको हकहित र पहिचानको संरक्षणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । शेर्पा हाल विश्व शेर्पा संघका महासचिव रहेका छन् । साथै उनी शेर्पा किदुग अमेरिकाको समेत महासचिव हुन् । यसअघि उनी शेर्पा संघ अमेरिकाको अध्यक्ष रहेका थिए । विभिन्न संघसंस्थामा सक्रिय भएर समुदायबीच एकता, सहयोग र सांस्कृतिक पहिचान प्रवद्र्धनमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
आङ जाङबु शेर्पाको यो मनोनयनले अमेरिकास्थित नेपाली र शेर्पा समुदायबीच थप उत्साह र एकताको भावना बढाउने अपेक्षा गरिएको छ । उनले आफ्नो जिम्मेवारी पूरा निष्ठा, अनुभव र पारदर्शिताका साथ पूरा गर्ने विश्वास व्यक्त गरे । उनले एनआरएनए अमेरिकाको सल्लाहकारको रूपमा काम गर्दै नेपाली प्रवासी समुदायका समस्या समाधान, नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको संरक्षण, र नेपालको विकासमा प्रवासीहरूको योगदान बढाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।













समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार