
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि १० औं वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्ति गर्नेछ ।
साथै सो सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र पछि पनि त्यसो गर्न परेमा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू