
काठमाडौं । गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको छ । सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति समूहले धर्ना, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी शान्ति सुुरक्षाको अवस्था सामान्य बनाएर निर्वाचन केन्द्रित वातावरण बन्दै गइरहेको भन्दै मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता निम्तिनेतर्फ आयोजकहरू नै सचेत हुनुपर्नेमा जोड दिएको छ ।
जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार आगामी फागुन २१ मा तय भएको निर्वाचन सम्पन्न गर्न लागिपरेको मन्त्रालयले भनेको छ । सोही अनुसार सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन, स्रोत र साधानको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरिरहेको जानकारी दिएको छ । ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतको हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिइ मुलुकमा साम्प्रादायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ,’ मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान