
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ ।
नेपालले गएको सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधवार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भएको छ । जसमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो ।
नेपालले पर्सि नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कका साथ दोश्रो स्थानमा र अमेरिका २० खेलमा २८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन