
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बस्दै छ । कम्पनीको तीन वटा साधारणसभा आज एकै दिन हुने भएको हो ।
कम्पनीको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै आव ०७८/७९, ०७९/८० र ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०७९/८० र ०८०/८१ का लागि भएको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरी आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालक नियुक्ति अनुमोदन तथा सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना