
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी परेको छ । नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव र प्रमुख प्रशासकीय नागेन्द्र राय यादवले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
सोही नगरपालिकाका स्थानीय आशुतोश कुमार यादवले दिएको उजुरीमा मेयरले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत ल्याएर बजेटमा अनियमितता गरेको, नक्कली बिलको आधारमा भुक्तानी गरेको र सरकारी सम्पत्तिको दोहन गरेको आरोप लगाइएको छ ।
उजुरी पत्रमा ठेक्का प्रक्रियामा हिनामिना गरेको, १० देखि ५० प्रतिशतसम्म कमिशन माग्ने गरेको, फर्जि बिल बनाएर बजेट दुरुपयोग गरेको, कमसल सामान किनेर १० गुणासम्म बिल बनाई भर्पाइ गरेको आरोप लगाइएको छ । त्यसैगरी सवारी साधन र इन्धनको दोहन गरेको, निजी जग्गामा मन्दिर बनाएर नगरपालिकाको बजेट भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्तामा मनपरी गरेको, नगरपालिकामा आफू निकटलाई भर्ति गरेको र छात्रावृत्तिको रकममा समेत अनियमितता गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।












समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन