जनता समाजवादी पार्टी नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँचकुने तारलाई अन्य पार्टीले आफ्नो चुनाव चिन्हको रुपमा प्रयोग गर्ने विषय सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६(१) (ङ), दफा ५४ (७) (क) विपरित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।