
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.१८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.१५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत र कुल खर्च ४.३० प्रतिशत बढेको छ। नाफा सामान्य बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४६ पैसा घटेर ९ रुपैयाँ ५५ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा रहेको छ ।
९ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड ६७ लाख रुपैयाँ सञ्चित छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम