
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४४०.६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेर कारोबार भएको छ ।
पसिूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो दिन ३ अर्बमा सिमित रहेको कारोबार आज भने साढे ४ अर्ब भन्दा माथि पुगेको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ६६ हजार ७९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज साहस उर्जाको सबै भन्दा बढीको कारोबार भएको छ । यो कम्पनीको ४१ करोड ८० लाख ८३ हजार ४८ रुपैयाँको कारोबार भएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम