
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।
अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो । चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए ।
यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन् । एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले बताए । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले ५५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिए ।












समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प