
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैठौँ दिन आज दुई खेल हुँदैछ । आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्ने छन् भने देस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ ।
आज पहिलो खेला ११ः४५ बजे र दोस्रो खेल साँझ ४ बजे भइरहेकोमा आज पहिलो खेल ११ः१५ बजे र दोस्रो खेल साढे ३ बजे हुनेछ । कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने याक्सका प्रतिद्वन्द्वी लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले हालसम्म कुनै अंक बटुलेको छैन भने लुम्बिनीले १ खेलबाट २ जोडेको छ।
साँझ साढे ३ बजे हुने खेलमा काठमाण्डू गोर्खाजले बिराटनगर किंग्सको सामना गर्दैछ । दुई खेल खेलेर १ मा जीत र १ मा हार व्यहोरेको काठमाण्डूले आज विराटनगरसँग तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको विराटनगर भने दोस्रो खेल खेल्दैछ । यी दुबै टोलीको समान २ अंक छ । यद्यपि, काठमाण्डूले २ खेलबाट २ अंक जोडेको हो भने विराटनगरले १ खेलबाट २ अंक जोडेको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम