
धनुषा । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन गरेको थियो। तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेका थिए ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न