
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १४ औँ वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित गर्दै सकिएको हो ।
साधारण सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८९% नगद (कर प्रयोजन) सहित लाभांश प्रस्ताव पारित गरेको हो । बोन सेयर पछि कम्पनीकाु चुक्ता पुँजी १,४५८,५११,५०० हुनेछ । पुँजी वृद्धि मुख्यतया राष्ट्रिय भुक्तानी स्विचमा यसको लगानी, राष्ट्रिय र सीमापार कारोबारहरूको लागि थप भुक्तानी प्रणाली, जोखिम व्यवस्थापन प्रणाली र अवस्थित पूर्वाधारहरूको बृद्धि गर्न प्रयोग गरिने बताइएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीले आफ्नो क्लियरिङ्ग र सेटलमेन्ट प्रणाली मार्फत १८.६ ट्रिलियन रुपैयाँ भन्दा बढीको सेटलमेन्ट मूल्य बराबरको २१ करोड १० लाख कारोबारहरू प्रशोधन ग¥यो, जुन कारोबार संख्यामा ६७ प्रतिशत भन्दा बढीले वृद्धि हो । कम्पनीको खुद नाफा ४ प्रतिशत भन्दा बढीले बढेको छ ।
साधारण सभाले विकास बैंकहरूको प्रतिनिधित्व गर्ने उमेश सिंह भण्डारी (सांग्री–ला विकास बैंकका डीसीईओ) र वित्त कम्पनीहरूको प्रतिनिधित्व गर्ने लच्छमन प्रसाद जैसी (आईसीएफसी फाइनान्सका उपमहाप्रबन्धक) लाई सञ्चालक समितिको दुई सदस्यहरू सर्वसम्मतिले निर्वाचित गरेको छ ।
एनसीएचएल बोर्डमा नेपाल राष्ट्र बैंकबाट एक सदस्य, वाणिज्य बैंकहरूबाट ३ सदस्य, विकास बैंक र वित्त कम्पनीहरूबाट १–१ जना र १ स्वतन्त्र निर्देशकको प्रतिनिधित्व रहेको छ ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता