
काठमाडौं । युवा गायक राम ढुङ्गानाको ल्याउँछु सारेर बोलको गित सार्वजनिक भएको छ । गायक ढुङ्गाना र गायिका गंगा सोनमको स्वर रहेको छ । ‘ल्याउँछु सोरेर कहाँबाट पाउँछौ र यो दिल चोरेर’ थेगो रहेको गित निकै आकर्षक र उत्कृष्ट रहेको छ । गितको लिरिक्स राम ढुङ्गाना आफ्नै रहेको छ भने म्युजिक ढुङ्गाना र सुरेश सुन्दास (एस.के) को रहेको छ । राम कुमार नेपालीले एरेन्ज गरेको गितमा कुमार रानाको मिक्सिङ रहेको छ ।
मारुनि डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितमा जुना विश्वकर्मा र श्रवण पाख्रिनको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन नरोत्तम पाण्डेले गरेका छन् । ९ मिनेट ३९ सेकेण्डको गितमा माया प्रेमका कुरा समावेश गरिएको छ । युवा पस्तामाझ गितले राम्रो प्रभाव पार्ने विश्वास गायक ढुङ्गानाले दिएका छन् । निकै आकर्षक रुपमा रमणिय क्षेत्रमा खिचिएका दृश्यले गितलाई थप आकर्षक बनाएको छ । साझा चौतारी युटुब च्यानलबाट सार्वजनिक भएको गितमा सुरुकै दिन उत्साहजनक प्रतिकृयाहरु आइरहेको गायक ढुङ्गानाले बताए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान