
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन वुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् । लुम्बिनीका मुख्य मन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको राजधानीको मास्टर प्लानको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, शहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त गरेका हुन् ।
उनले लुम्बिनी प्रदेशको राजधानीमा लगानीका लागि धेरै अवसरहरु रहेको उल्लेख गर्दै पानी, यातायातसहित आवश्यक पूर्वाधारहरुको उपलब्धता भए निजी क्षेत्रको लगानी बढ्ने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडकहरुलाई छिटो भन्दा छिटो व्यवस्थित रुपमा अघि बढाउने उल्लेख गर्दै पर्यटकीय क्षेत्रहरुलाई पनि जोड्न पहल जारी राखेको जानकारी दिए । उनले लगानी जुटाइदिनका लागि सहयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रमका सहभागीहरुले कृषि, लगानी, राप्ति सभ्यता, स्वर्गद्वारी मन्दिर, स्वास्थ्य, शिक्षा, जनजीवन लगायतलाई पनि राजधानीसँग जोड्न आवश्यक भएको धारणा व्यक्त गरेका थिए । उनीहरुले सुझावलाई समेटर मास्टर प्लानलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताएका थिए । लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी मास्टर प्लान तयार भइ कार्यान्वयनको प्रकृयामा छ । कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव, लगानी बोर्डका सहसचिव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष, लुम्बिनी प्रदेश पूर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, विज्ञ लगायतको उपस्थिति थियो ।












समाचार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर