
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आगामी पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।
सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने र बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा १ बराबर ०.३० को aअनुपातमा १ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको सम्पत्ति बिक्री गर्न र लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद