
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने संकेत दिएका छन्। कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कांग्रेसको महाधिवेशनबारे सबैको चासो देखिएको उल्लेख गर्दै महाधिवेशन कुनै असामान्य विषय नभएको बताए। महाधिवेशन हरेक चार वर्षमा नियमित रूपमा हुने प्रक्रिया भएकाले यसबारे सञ्चारमाध्यमहरूले अत्यधिक चासो देखाउन आवश्यक नरहेको उनको भनाइ थियो। आफू महाधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सिरियल नम्बरविहीन क्रियाशील सदस्यता वितरणका कारण केही ढिलाइ भएको बताए। साथै, आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको कुरा पनि उनले दोहोर्याए।
कोइरालाले भने, ‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर ४/४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’
नेता कोइरालाले सरकारले निर्वाचन २१ फागुनमा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?