
काठमाडौं । अर्थमन्त्री डा.रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए।
उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु ।” उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए । निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय