
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ ।
पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ । मधेस प्रदेशको तराई भूभागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया सफा रहने तर एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो प्रदेशका तराईमा भने मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो