
काठमाडौं । विभिन्न १९ वटा बीमा कम्पनीहरुको वित्तीय विवरण स्वीकृत भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा भएका १९ वटा बीमा कम्पनीहरुको वित्तीय विवरण स्वीकृत भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।
प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेशनल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायवल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड र एलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।
यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ ।
यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू संचालनमा रहेका छन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम