
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आम सर्वसाधाणका लागि आईपीओ बिक्री खुला गरेको छ । बैंकले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको हो । यस बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।
बैंकले अब बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ। तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान