
काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.३६ प्रतिशत अर्थात ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ५.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३७.१२ प्रतिशत बढेको हो ।
त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २८.९७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.४५ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ । गत साता ८२८६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५६.१४ अंक बढेर ८५४२.८० विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.८० प्रतिशत बढेको छ ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.६७ प्रतिशत घटेको छ। गत साता ३७८३.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५.३६ अंक घटेर ३७५८.०२ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।













समाचार
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल