
काठमाडौं । नेपालको सेयर बजारमा होटेल तथा पर्यटन समूहमा अर्को एउटा नयाँ कम्पनी थपिने भएको छ । बुढानीलकण्ठस्थित अत्याधुनिक र सुविधायुक्त ‘होटेल फरेस्ट इन लिमिटेड’ ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम अनुमति पाएको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो । बोर्डको यो निर्णयसँगै होटेलले अब छिट्टै नै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।
होटेल फरेस्ट इनले आईपीओका लागि लामो समयदेखि प्रक्रिया अगाडि बढाएको थियो । होटेलले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको करिब २ वर्षभन्दा लामो समयको प्रशासनिक र प्राविधिक प्रक्रियापछि मात्र होटेलले यो अनुमति प्राप्त गरेको हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व