
काठमाडौं । अफगानिस्तानले टि ट्वान्टीमा वेस्ट इन्डिजलाई सोमवार ३८ रनले हराएको छ। दुबईमा भएको खेलमा अफगानिस्तानका लागि इब्राहिम जद्रान र दरविश रसुलीको ब्याटिङ उत्कृष्ट रह्यो। टोलीका स्पिनरले बलिङमा पनि दमदार प्रदर्शन गरे।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८१ रन बनायो। सुरुवात भने राम्रो हुन सकेन। पहिलो बलमै रहमानुल्लाह गुरबाज शुन्यमा रनआउट भए भने सेदिकुल्लाह अतल २ रनमा आउट भए।
त्यसपछि मैदानमा आएका जद्रान र रसुलीले तेस्रो विकेटका लागि १ सय ६२ रनको शानदार साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।जद्रानले ५६ बलमा ८ चौका र ३ छक्कासहित नटआउट ८७ रन बनाए । रसुलीले ५९ बलमा ८ चौका र २ छक्कासहित ८४ रन जोडे। जद्रानले पावरप्लेपछि लक्ष्यभन्दा करिब २० रन बढी बनाउन सफल भएको बताएका थिए।
वेस्ट इन्डिजका फिल्डरहरूले अन्तिम ओभरहरूमा केही सजिला क्याच गुमाउँदा अफगानिस्तानलाई थप फाइदा पुग्यो। रसुली अन्तिम बलमा आउट भए पनि अफगानिस्तानले ठूलो स्कोर खडा गर्न सफल भयो। १ सय ८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज अफगानिस्तानका स्पिनरहरूसामु संघर्षरत देखियो। मुजिब उर रहमान, राशिद खान र नुर अहमदले मिलेर ६ विकेट लिएर वेस्ट इन्डिजको रनगति रोके।
राशिदले ४ ओभरमा मात्र १९ रन खर्चेर २ विकेट लिए। मुजिब र नुरले पनि दबाब कायम गर्दै समान २ विकेट लिए। जियाउर रहमानले ३ विकेट लिएर महत्वपूर्ण भूमिका खेले।
वेस्ट इन्डिजका लागि क्वेन्टिन स्याम्पसनले टि ट्वान्टी डेब्युमा ३० रन बनाए । गुडाकेस मोटिइले २८, म्याथ्यु फोेर्डेले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रनमै सीमित भयो।
यो जितसँगै आगामी टि विश्वकपअघि अफगानिस्तानले वेस्ट इन्डिजविरुद्ध आत्मविश्वासपूर्ण सन्देश दिएको छ। विश्व कपमा नेपाल र वेस्ट इन्डिज एकै समूहमा छन्। यि दुई टोलीबीच फागुन ३ (फेब्रुअरी १५) मा मुम्बईमा खेल हुनेछ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम