
काठमाडौं । च्याम्पियन्स लिगमा रियल मड्रिडले गोल वर्षा गर्दै मोनाकोमाथि ६–१ को सानदार जित निकालेको छ । मंगलबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे । भिनिसियस जुनियरले एक गोलसँगै दुई असिस्ट प्रदान गरे । फ्रान्को मास्तान्तुओनो र जुड बेलिङह्यामले एक–एक गोल थपे । मोनाकोका लागि एक मात्र गोल जर्डन टेजेले गरे ।
अल्भारो अर्बेलोआको प्रशिक्षणमा पहिलो च्याम्पियन्स लिग खेल खेल्दै रियलले सुरुदेखि नै दबदबा बनायो । खेलको पाँचौं मिनेटमै फेडेरिको भाल्भेर्देको पासलाई पहिलो टचमै गोलमा परिणत गर्दै एमबाप्पेले अग्रता दिलाए । २६औं मिनेटमा उत्कृष्ट काउन्टर–आक्रमणमा भिनिसियसको सहयोगमा एमबाप्पेले दोस्रो गोल थपे । पहिलो हाफमा मोनाकोले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। दोस्रो हाफको छैटौँं मिनेटमै भिनिसियसको पासमा मास्तान्तुओनोले गोल गर्दै स्कोर ३–० बनाए।
५५औं मिनेटमा टिलो केहरारको आत्मघाती गोलले रियलको अग्रता झन् फराकिलो बन्यो । ६३औं मिनेटमा आर्दा गुलरको पासमा भिनिसियसले शक्तिशाली प्रहार गर्दै व्यक्तिगत गोल गरे। ७१ औं मिनेटमा रियलको रक्षात्मक त्रुटीको फाइदा उठाउँदै मोनाकोले एक गोल फर्कायो। तर, ८० औं मिनेटमा बेलिङह्यामले गोल गर्दै ६–१ को जित सुनिश्चित गरे । यस जितसँगै ७ खेलबाट १५ अंक जोड्दै रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ९ अंकसहित मोनाको २०औं स्थानमा छ ।
त्यस्तै अन्य खेलमा म्यानचेष्टर सीटी र पीएसजी पराजित भएका छन् । सीटी नर्वेको क्लब बोडो/ग्लिम्टलेसँग् अप्रत्याशित नतिजा निकाल्ने क्रममा ३–१ ले पराजित भयो । घरेलु मैदानमा भएको यस खेलमा कास्पर होगले २ गोल गर्दै बोडोको जितमा निर्णायक भूमिका खेले । त्यस्तै साविक विजेता पीएसजीले पनि स्पोटिङ सीपीसँग ३–१ ले पराजित भयो । त्यस्तै आर्सनलले इन्टरलाई ३–१ ले पराजित गर्यो । टोटनहेमले ब्रोसिया डटमलाई २–० ले पराजित गरेको छ । ओलम्पिया कोसले लिभरकुसेनलाई २–० ले पराजित गर्दा गोपनहेगन र नापोलि १–१ को बराबरीमा रोकिए ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन