
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने बताए । त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए ।
बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ । उनले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसंग सहकार्य गरेर कारवाहीको दायरा ल्याउने काम भएको उल्लेख गरे ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।












समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका
स्वास्थ्य बीमा बोर्डद्वारा विपन्न नागरिकको उपचारबापत करिब ३० करोड रुपैयाँ भुक्तानी
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल नियुक्त
बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा