
डोल्पा । हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ । शुक्रबार रातिदेखि मौसम बदली भएसँगै जिल्लाभर वर्षा र हिमपात सुरु भएको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे भएको छ । त्यस्तै तल्लो तथा मध्य डोल्पाका सुँ, जुफाल, माझफाल, रह, लिकु, पहाडा, चु, कालिका, काइगाउँलगायतका बस्तीहरूमा पनि बाग्लो हिउँ जमेको छ भने जिल्ला भर हिमपात भइरहेको छ ।
रातिदेखि सुरु भएको हिमपात निरन्तर जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने संकेत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् । गत वर्षको तुलनामा ढिलो हिमपात भए पनि यसपटकको हिमपातले किसानहरू खुसी भएका छन् । लामो समयसम्म हिमपात नहुँदा अन्नबाली खडेरीले सुक्ने चिन्तामा रहेका किसानहरू अब ढुक्क भएका छन् । हिउँदको समयमा मंसिरदेखि फागुनसम्म हिमपात भएमा खाद्यान्न बाली राम्रो सप्रने विश्वास स्थानीयको छ ।
मुड्केचुलाका स्थानीय सुरेन्द्र शाहीले जति धेरै हिमपात भयो, त्यति नै खेतीपाती राम्रो हुने बताए । ‘रातिदेखि निरन्तर हिमपात भइरहेको छ। यो वर्ष हिउँद सिजनमा पहिलो पटक हिउँ परेको हो’, उनले भने, ‘हिमपातले चिसो ह्वात्तै बढेको छ, जेठासी बाली राम्रो हुने भयो ।’ यस वर्ष हिउँद सुरु भएदेखि पहिलो पटक हिमपात भएको हो । एकाएक परेको हिमपातका कारण माथिल्लो डोल्पाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण माथिल्लो डोल्पामा बाक्लो हिउँ जमेको छ भने तल्लो डोल्पाका अधिकांश भूभाग सेताम्मे भएका छन् ।
राति देखि अचानक हिमपात सुरु भएपछि डोल्पाको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको छ । हिउँदको समयमा हुने हिमपात बहुमूल्य जडीबुटी यार्सागुम्बाका लागि पनि निकै उपयोगी मानिन्छ । हिमपातका कारण जमिनमा पर्याप्त चिस्यान रहने र यार्सागुम्बा राम्रो सप्रने स्थानीयको गङ्गे सार्कीले बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम