
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले करिब साढे ३ लाक कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ९ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र के–कति रकममा खरीद गर्न चाहेको हो सो समेत खुलाई काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त समय भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएकामा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरू खरीद बिक्री गर्न आवश्यक कारवाही अघि बढाइने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र