
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति भएको बताएका छन्। एमालेको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीसँग नभएको स्पष्ट पार्दै उनले कांग्रेस देशको पुरानो र प्रभावशाली पार्टी भएकाले अहिले पनि प्रमुख प्रतिस्पर्धी शक्ति कांग्रेस नै रहेको उल्लेख गरे। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने,‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ । तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ ।’













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान