
खोटाङ। खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रबद्धन कार्यक्रम’ अन्तर्गत विनियोजन गरिएको एक लाख रुपैयाँ बजेटबाट यसवर्ष ११ मुरी तिते फापर उत्पादन भएको हो ।
गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर बिक्रीका लागि प्रतिकिलो ९० रुपैयाँ भाउ निर्धारण गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभयो । तिते फापर लोप हुँदै गएको हुँदा पालिकाले रैथाने बाली प्रबद्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा–४ भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर लगाएको थियो ।
तिते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिनुभयो । जन्तेढुङ्गा गाउँपालिकाले यसअघि बाँझो जमिन उपयोग गरेर छ हजार किलो आलु उत्पादन गरेको थियो ।













समाचार
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो