
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छिन्।देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको भन्दै त्यहाँ रहेका नेपालीको अवस्थाप्रति सरकार चिन्तित रहेको बताएकी हुन्।
‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’, उनले भनिन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ ।’
उनले नेपाली नागरिकलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गरिन्। ‘हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ’, उनले भनिन्।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा