
काठमाडौं । आज विहानै देखि देशभरि उत्साहका साथ मतदान भइरहे छ । तर, देशका विभिन्न तीन जिल्लाका पाँच मतदानस्थलमा भने एक मत पनि खसेको छैन । त्यहाँका जनताले निर्वाचन बहिष्कार गरेका छन् ।
दाङ र दार्चुलाका दुई–दुई तथा ओखलढुंगाको एक मतदानस्थलमा निर्वाचन बहिष्कार भएको हो । आफ्ना पुराना माग सरकारले पूरा नगरेको भन्दै त्यहाँका जनता संगठित भएर निर्वाचन बहिष्कार गरेका हुन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार दार्चुलाको नौगाढ गाउँपालिका– १, गौरीशंकर मावि र अपिहिमाल गाउँपालिका– ३, दुधिला आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा मतदान भएको छैन । यहाँका जनताले गाउँपालिकाको केन्द्र टाढा भएको समस्या समाधान नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन् ।
त्यस्तै, दाङको बबई गाउँपालिका– १ स्थित जनता आधारभूत विद्यालयमा रहेको मतदानस्थल र वडा नम्बर ७ स्थित देउती माविको मतदानस्थलमा पनि मतदान भएको छैन । त्यहाँ पनि जनताले माग पूरा नगरेको भन्दै निर्वाचनमा भाग नलिएका हुन् । वन्यजन्तुको समस्या समाधानका लागि प्रयास नभएको भन्दै उनीहरूले निर्वाचनमा भाग नलिने निर्णय गरेका हुन् ।
त्यस्तै ओखलढुंगाको मानेभञ्ज्याङ– ७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा मतदान भएको छैन । त्यहाँका बासिन्दाले अस्पताल स्थापनाको माग पूरा नभएपछि आजको मतदान वहिष्कार गरेका हुन् ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण