
काठमाडौं । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ । मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ ।
‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो । उकालो ओरालो छ,’ उनले भने । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । दिउँसो २ बजेपछि सुरु हुन्छ कि भन्ने अपेक्षा रहेको उनले जानकारी दिए ।
मुगुमा एउटै निर्वाचन क्षेत्र छ । एमालेबाट पूर्णबहादुर रोकाया, कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, रास्वपाबाट भुवन टमाटा, राप्रपाबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन् । प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा माओवादीबाट रंगवीर परियार उम्मेदवार रहेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना