
काठमाडौं । यही चैत १३ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला, २०८२ आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १३ गतेदेखि १६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
बागमती प्रदेशका किसानको मनोबल अभिवृद्धि गर्नुका साथै युवा शक्तिलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताए । हेटौँडास्थित पल्पसा सदनमा आयोजना हुने मेलामा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ र चितवनलगायतका जिल्लाका कृषक तथा कृषि उद्यमीहरूको सहभागिता रहने उनले जानकारी दिए ।
कोदो, जुनेलो, फापरको पिठो, गेँडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, गोबरबाट बनेको दियो, म्याट, मस्यौरा, क्यान्डी, आलु, गुन्द्रुक, जुनारको जुस, दाना, अण्डा, तेल, च्याउ, माछा, डेरी उत्पादनलगायतका सामानको प्रदर्शनीमा ४० वटा स्टल निःशुल्क उपलब्ध गराइने अध्यक्ष रानाभाटले बताए । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको मेलामा कृषि प्रविधिसम्बन्धी उपकरणसमेत प्रदर्शनीमा राखिने छन् ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी