
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १३ हजार ५०० रुपैयाँले घटेको हो । गत चैत ६ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, एक हप्ताको अवधिमा सुनको मूल्यमा भारी गिरावट भएर प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा झरेर कारोबार भएको छ ।
यो साता अधिकांश दिन सुनको मूल्य घटेको छ । चैत ८ गते आइतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चैत ९ गते सोमबार २ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार १० गते उल्लेख्य घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको थियो ।
चैत ११ गते बुधबार भने सुनको मूल्यमा बढोत्ती भएको थियो । सो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार बढेको सुनको मूल्य बिहीबार फेरि घट्यो । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा झर्यो । साताको अन्तिम दिन चैत १३ गते, शुक्रबार नेपालीबजारमा सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै