
गण्डकी । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा चैत ९ गतेदेखि पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिएको थियो । उक्त अवसरमा सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नववर्ष महोत्सवको २१ औँ संस्करण यस वर्ष चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा ‘लेकसाइड’ क्षेत्रमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयलाई पोखरा आउनका लागि निम्तोसमेत दिइएको सङ्घका सचिव पार्वता पाण्डेले बताए ।
विभिन्न सहरमा गरिएका कार्यक्रममा त्यहाँका पर्यटन व्यवसायीले पूर्वका सहरबाट पोखरासँगको कनेक्टिभिटी सहज बनाउनुपर्ने, पर्यटकीय साझेदारी बढाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए । कार्यक्रमले पूर्वी नेपाल र पोखराको पर्यटकीय साझेदारी र विकासमा महत्त्वपूर्ण सहयोग पुर्याएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा’ कार्यक्रम फलदायी बनेको कार्यक्रमका सहभागी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व