
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो । उक्त सेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह