
काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवाखसञ्चालन गरेको छ ।
उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतिय बस सेवा दिने छन् ।
विहान ६ वजे देखी राती १० वजे सम्म सञ्चालन हुने उक्त वसहरुले यात्रुहरुलाई मुख्य सडकसम्म पुग्नको लागि लाभदायक सेवा प्रदान गर्नेछ । हाल पोखरा अन्तर्राष्ट्रि«य विमानस्थलदेखी मुख्य सडकसम्म पुग्न करिव २ किलोमिटरको यात्रा गर्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती हुदै आएको थियो ।
महानगरपालिकाले २०८३ आषाढ मसान्त सम्म सम्पुर्ण यात्रुहरुलाई निःशुल्क रुपमा उपलब्ध हुने गरि सञ्चालन गरेको उक्त वसहरुको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएका छन् ।
पोखरा महानगरपालिकाका तर्फवाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फवाट पोखरा क्षेत्रका क्षेत्रिय प्रमुख शिव कुमार ढकालले उक्त लागत साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानिय सरकारले आम सर्वसाधारणका लागि गर्ने यस्ता कार्यहरुमा बैंकले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा समेत महानगरपालिका सँग सहकार्य गर्ने वताए । महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल वस सेवामा सहयोग गरेकोमा प्रशासकिय अधिकृत पोखरेलले धन्यवाद ज्ञापन गरे ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना