काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता बोनस सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।