
काठमाडौं । सेयर बजार लगातार दोस्रा दिन पनि घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०७ अंकले घटेर ४७०.६३ विन्दुमा पुगेको छ । आज सेयर बजार १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ ।
परिसूचक घटेको दिन ५ अर्ब ७७ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम