
रूपन्देही । आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबिआई) को डीएसपी भन्दै ठगी गर्ने एक जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मीको रूरू गाउँपालिका–२, ग्वादी घर भएका अन्दाजी २७ वर्षिय रिजन भनिने राजेश विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार विश्वकर्माले विदेश पठाउने क्रममा रकम अड्किएकी एक महिलालाई आफू सीआईबीको डीएसपी भएको बताउँदै रकम फिर्ता गराइदिने आश्वासन दिएका थिए । सोही विश्वासमा पारेर उनले गत मंसिर महिनामा ती महिलाबाट १ लाख ७० हजार रुपैयाँ लिएका थिए ।
रकम लिँदा उनले आफ्ना छोरालाई अध्ययनका लागि बेलायत पठाउन पैँसा अपुग भएको र तलब आएपछि फिर्ता गर्ने बताएका थिए । तर रकम लिएपछि उनले ती महिलालाई सामाजिक सञ्जाल र मोबाइलमा समेत ब्लक गरेका थिए ।
पीडित महिलाले गत मंगलबार जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा विश्वकर्मालाई बिहीबार दिउँसो करिब ४ बजे तानसेन नगरपालिका–१४, अर्गलीबाट पक्राउ गरिएको छ । पक्राउ परेका विश्वकर्मामाथि ठगी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि