
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा सहितका वित्तीय सूचकहरू वृद्धि भएको देखिएको हो।
बैंकले गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको तेस्रो त्रैमाससम्म १३.२५ प्रतिशतको वृद्धि सहित २ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड २ लाख रुपैयाँबाट १३.६८ प्रतिशतले वृद्धि भई ७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ६५ करोड १ लाख रुपैयाँबाट १७.०९ प्रतिशतले वृद्धि भई १० अर्ब १२ करोड ८१ लाख रुपैयाँ नाघेको छ।
यसरी बैंकको ब्याज आम्दानी र कुल आम्दानीमा उल्लेख्य वृद्धि आएपछि समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ३ अर्ब ५६ करोड २२ लाख रुपैयाँबाट १९.९४ प्रतिशतले बढेर ४ अर्ब २७ करोड २४ लाख रुपैयाँ नाघेको छ। यता बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३१ करोड १९ लाख रुपैयाँबाट घटेर ९२ करोड ८९ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी १६.४१ रुपैयाँबाट बढेर १७.९५ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.४७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५.१८ रुपैयाँ र बेस रेट ५.२७ प्रतिशत रहेको छ।
चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब ४३ अर्ब ८३ करोड ३ लाख रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी २ खर्ब ९७ अर्ब ८३ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। चैत मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब ७५ अर्ब ४० करोड १६ लाख रुपैयाँ नाघेको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना