
बाँके। नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जमा आयोजना हुन लागेको हो ।
थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका महाप्रबन्धक राजबिक्रम शाहले जानकारी दिए । थारु समुदायको परम्परागत खाना परिकारको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म यसको मौलिक स्वाद र सांस्कृतिक महत्व पुर्याउने उद्देश्यले नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव आयोजना गर्न लागिएको हो ।
“महोत्सवमा अनुभवी सेफद्वारा तयार पारिएका थारु समुदायका परिकारहरू प्रस्तुत गरिनेछन्, थारु समुदायको मौलिक खानालाई संरक्षण गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने हाम्रो उद्देश्य हो”, महाप्रबन्धक शाहले भने । महोत्सवमा प्रवेश निःशुल्क रहनेछ भने पाहुनाहरूले रु ५०० को भौचर खरिद गरी विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् ।
साँझ ६ बजेबाट राति ११ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक राति ९ बजेदेखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिने छ । महोत्सवमार्फत थारु समुदायको जीवित संस्कृति, कला र परम्परासँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ ।













समाचार
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार