
काठमाडौं । इजरायलले हालै इरानसँगको सम्भावित तनाव पुनः चर्किन सक्ने आशंकाबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा अत्याधुनिक लेजर हतियार प्रणाली तैनाथ गरेको रिपोर्ट सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले ‘आइरन बीम’ नामक उच्च-ऊर्जा लेजर आधारित हवाई रक्षा प्रणाली यूएईमा पठाएको हो ।
यस प्रणालीले ड्रोन र मिसाइलहरूलाई आकाशमै नष्ट गर्न सक्ने क्षमता राख्छ । साथै, इजरायलले ‘स्पेक्ट्रो’ नामक निगरानी प्रणाली पनि तैनाथ गरेको बताइएको छ, जसले करिब २० किलोमिटर दूरीसम्म ड्रोन पहिचान गर्न सक्छ । रिपोर्टमा इजरायलले यसअघि नै यूएईमा ‘आइरन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीसमेत तैनाथ गरिसकेको र त्यसलाई सञ्चालन गर्न आफ्ना सैनिकहरू पनि पठाएको उल्लेख गरिएको छ । यसले दुई देशबीच सुरक्षा सहकार्य अझ गहिरिँदै गएको संकेत गर्छ।
यसैबीच, क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायल र संयुक्त राज्य अमेरिका दुवै पक्ष इरानसँगको सम्भावित पुनः युद्धका लागि तयारी अवस्थामा रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य विकल्पबारे ब्रिफिङ गरिएको र इरानमाथि दबाब बढाउन नयाँ रणनीतिहरू छलफल भइरहेको जनाइएको छ।
त्यस्तै, इरानले अमेरिकी नौसैनिक गतिविधि र नाकाबन्दीलाई “असह्य” भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानका अधिकारीहरूले कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनीसमेत दिएका छन् । सम्पूर्ण घटनाक्रमले मध्यपूर्वमा तनाव अझै घटेको छैन भन्ने संकेत दिएको छ, र आगामी दिनहरूमा परिस्थिति पुनः चर्किन सक्ने विश्लेषण गरिएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना