काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।
प्रदेशको राजपत्रको खण्ड ९ सख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।