
काठमाडौं । वर्षाले प्रभावित एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डिएलएस मेथडमा ९ रनले हराएको छ। नेपाल ‘ए’ को यो लगातार तेस्रो जित हो।
जितको लागि ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३४.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाउँदा पानी पर्न सुरु भयो। यसपछि खेल सुचारु हुन सकेन। नेपालले डिएलएस मेथडमा ९ रनको जित आफ्नो पक्षमा पार्यो। क्रिजमा सन्दीप जोरा अविजित ८३ रनमा रहे। उत्कृष्ट ब्याटिङ गरेका उनले ९४ बल खेल्दै ९ चौका प्रहार गरे। इशान पाण्डेले अर्धशतक बनाए। उनले ५३ बल खेल्दै ७ चौका प्रहार गरे। यस्तै त्रितराज दासले २४ रन, बसिर अहमदले २० रन र मयान यादवले १२ रन बनाए। बलिङमा स्कटल्याण्डका ओलिभर डेभिडसन, मिचेल लिस्क, ब्राडली क्युरी र मार्क वाटले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो। उसको लागि जर्ज मुन्सेले सर्वाधिक ६२ रनको पारी खेले। माइकल इङ्लिस अविजित ५६ रनमा रहँदा रिची बेरिङ्टनले ४० रन, ब्रान्डन मकमलेनले ३९ ज्याक जार्भिस र फिन्ले म्याकक्रेथले समान ३० रन बनाए।
बलिङमा आकाश चन्दले ३ विकेट लिए। यसअघि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले र अमेरिकालाई ३ विकेटले हराएको थियो। अब नेपाल ‘ए’ ले सोमबार अमेरिकासँग खेल्नेछ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि